काठेखोला–४ तंग्रामलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

बागलुङ, २९ जेठ । बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि काठेखोला गाउँपालिका वडा नं.४ तंग्रामको एक सामाजिक संस्थाले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सिंगो बिश्वभरी नै निकै महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरसको संक्रमण काठेखोला गाउँपालिका भित्र पनि तिब्र रुपमा बढिरहेकोले उक्त संक्रमणलाई रोक्न शुक्रबार प्रगतिशिल युवा क्लव काठेखोला ४ तंग्रामले काठेखोला गाउँपालिका वडा नं. ४ तंग्रामलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । क्लबले माक्स ८० प्याकेट (४००० थान), पिपिइ ८ सेट, स्यानिटाइजर १०० थान (१०० एम.एल.), डिटोल सावुन ८० थान, डिजिटल थर्मोमिटर २५ थान र पल्स अक्सिमिटर ३ थान लगायत भिटामिन सी ६ प्याक, भिटामिन डी १२० पिस, सर्जिकल पञ्जा १० सेट र रुघाखोकी औषधी ६० थान लगायतका स्वास्थ्य सामाग्री वडा कार्यालयमा हस्तान्तरण गरिएको छ ।

उक्त औषधी लगायतका स्वास्थ्य सामाग्री संस्थाका अध्यक्ष धन बहादुर पुन र सल्लाहकार टेक बहादुर पुनले संयुक्त रुपमा काठेखोला ४ तंग्रामका का.वा.वडाअध्यक्ष रिम बहादुर पुन मार्फत वडा कार्यालयलाई बुझाएका हुन । वडा कार्यालय मात्र नभई क्लवले आफ्नो टोलमा रहेका ७० घर परिवारलाई पनि माक्स र स्यानीटाईजर बितरण गरेको छ ।

यतिवेला काठेखोला–४ तंग्राममा संक्रमितहरुको संख्या निकै बढेको र कोभिड–१९ रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा थोरै भएपनि सहयोग होस भन्ने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको संस्थाका अध्यक्ष धन बहादुर पुनले बताउनुभयो । क्लव तंग्रामले कोभिड १९ रोकथाम र नियन्त्रणका लागि यस अघि टोलटोलमा पुगी माइकिङ प्रचार गर्ने लगायतका जनचेतनामुलक कार्यहरु गर्दै आएको थियो ।

औषधी लगायतका स्वास्थ्य सामाग्री ग्रहण गर्दै का.वा.वडा अध्यक्ष रिम बहादुर पुनले यतिबेला वडामा संक्रमितहरुको संख्या निकै बढेको र वडा कार्यालय मार्फत यसको रोकथाम, नियन्त्रण र ब्यवस्थापन गर्न आफुहरु दिनरात नभनी लागी परेको बताउदै प्रगतिशिल युवा क्लवले यति ठुलो सहयोग गर्नुभएकोमा संस्थालाई हार्दिक धन्यबाद दिदै अन्य सामाजिक संघ संस्थाहरुले यो महामारीको बेला यसरी नै सहयोग गर्दै हातेमालो गर्नुपर्ने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here