बागलुङ, २३ जेठ । कोरोना महामारीको कारण बागलुङ बजारमा एक महिनादेखि बन्दाबन्दी (लकडाउन) गरिएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको संक्रमण बढ्दै गएपछि बैशाख २१ गतेदेखि बन्दाबन्दी गरिएको बागलुङमा शुक्रबार जिल्ला प्रशासन कार्यालयले चौथो पटक थप ९ दिन थप्दै जेठ ३१ गतेसम्म बन्दाबन्दी गर्ने निर्णय गरेको थियो । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले शुक्रबार विज्ञप्ती प्रकाशित गरि जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा गर्ने र हप्तामा दुई दिन (आईतवार र बुधबार) बैंक तथा वित्तिय संस्थाहरु विहान ७ बजेदेखि १० बजेसम्म खोल्ने निर्णय गर्नुभएको थियो ।

लकडाउन केहि खुकुलो गरिएसँगै बागलुङमा भिडभाड देखिन थालेको छ । विहान ७ बजेदेखि १० बजेसम्म अत्यावश्यक पसलहरु खुल्ला हुने र आईतबार र बुधबार बैंक तथा वित्तिय संस्थाहरु पनि सोहि समयमा खुल्ला हुँदा विहानको समयमा बजारमा भिड बढेको हो ।

बन्दाबन्दीको कारण बन्द रहेका बैंक तथा वित्तिय संस्थाहरु खुलेसँगै आज (आईतवार) बागलुङ बजारमा भिडभाड देखिएको छ । बैंक तथा वित्तिय संस्थाहरुमा आईतवार विहान सेवाग्राहीहरुको लाइन नै लागेको थियो । अत्यावश्यक सामान किनबेचको लागि र बैंक तथा वित्तिय संस्थाहरु पनि खुल्ला हुँदा आईतवार विहान बजारमा भिडभाड हुँदा सरोकारवालाहरुले लकडाउनको औचित्य माथि प्रश्न चिन्ह खडा गरेका छन् ।

अधिवक्ता राम शर्माले सामाजिक सञ्जाल मार्फत बैंक तथा वित्तिय संस्थाले भिड गर्ने सामथ्र्य राख्ने पुष्टि भएको बताउनुभयो भएको छ । शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ–‘मान्छे बाहिर निस्कन अत्तालिएका हुन कि पैसाले अत्यायो विश्लेषण गरौं । बैंक बित्तिय संस्थाले मान्छे भिड गर्ने सामथ्र्य राख्ने तथ्य अब पुष्टि भएन र ? सबै बैंक तथा बित्तिय संस्थाले घर–घरमा बैंक र पैसा भन्दै बिज्ञापन गथ्र्य त ?’

यस्तै बागलुङ नगरपालिका वडा नम्बर २ का वडा सदस्य अर्जुन घिमिरेले बजारमा भिड देखिएपछि बागलुङ बजारलाई कोरोना मुक्त घोषणा गरौं भन्दै व्याङ्गे गर्नुभएको छ । घिमिरेले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ–‘जय होस् आज विहानको बागलुङ बजारको निषेधाज्ञा, अब कोरोना मुक्त बागलुङ बजार घोषणा गरौं ।’

अत्यावश्यक पसलहरु मात्र विहानको समयमा खुल्न पाइने भएपछि बजारमामा अत्यावश्यकमा नपर्ने पसलहरु पनि खुल्ला भएपछि जिल्ला प्रहरी कार्यालयले कारवाही सुरु गरेको छ । प्रहरीले विहानको समयमा थप कडाइ गर्दै अत्यावश्यकमा नपर्ने पसलहरु खुल्ला भएमा कारवाही अगाडी बढाएको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here