टिका बहादुर कार्की
June 4,2021 (वि.सं. २०७८ जेष्ठ २१) अबोध बालबालिका माथि अत्याचार बिरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाईरहँदा कोभिड १९, द्रोस्रो लहरको उच्च जोखिममा रहेका बालबालिकाहरुको अवस्थाको संक्षिप्त चर्चा गरौ । विश्वव्यापी सर्वेक्षण अनुसार–

(१) करिब १ अरब बालबालिका अविभावक, अन्य संरक्षक, चिनेजानेका/आफन्त, साथीसँगी अथवा अपरिचितबाट शारीरिक, मानसिक, यौनिक उत्तेजनात्मक दुव्र्यवहारबाट पीडित छन् ।

(२) गृहयुद्ध तथा अन्तरदेशीय आक्रमण, आतङ्कवादी आक्रमणका क्रममा तिनै अबोध बालबालिका पीडित भएका छन् ।

(३) बाल्यकालमा भएको कुनै दुव्र्यवहार तथा अपराधबोधको कारणले व्यक्तिमा जीवनपर्यन्त नकारात्मक असर परिरहन्छ ।

उल्लेखित परिस्थितिका साथै विपद तथा दुर्घटनाका कारण टुहुरोपना, युद्ध, लागुऔषध दुव्र्यसन तथा अन्य बाल अपराध लगायत बालबालिकासँग सम्बन्धित प्रतिकुल अवस्थालाई मध्यनजर राखेर संयुक्त राष्ट्रसंघ अन्तरगत युनिसेफ जस्ता बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरुको सर्वेक्षण प्रतिवेदनलाई आधार मान्ने हो भने बालबालिकाको अबस्था भयावह देखिन्छ । तपाई हामीले समाजमा देख्ने गरिएका बालबालिका बिरुद्धका विविध शोषण, दमन, मानसिक तथा शारीरिक पीडा, विविध अपराध तथा दुव्र्यवहारबाट पीडित बालबालिकालाई समाजसेवीको अगुवाईमा स्थानिय तह, प्रदेश तथा केन्द्रीय सरकारी कार्यक्रममा समेटेर पीडित तथा सम्भावित पीडित बालबालिकाका लागी अनुगमन तथा कल्याणकारी व्यवस्थापनद्वारा पालनपोषण, शिक्षा, स्वास्थ्य तथा रोजगारको कार्ययोजना कार्यान्वयन गर्न आवश्यक देखिएको छ ।

कागजी रुपमा बालबालिकासँग सम्बन्धित अन्तराष्ट्रिय तथा राष्ट्रिय नीति जस्तै गरी व्यवहारमा बालापनको शरीर तथा बाल मस्तिष्कमा कुनै नकारात्मक प्रभाव पर्न नदिएर न्यायोचित संरक्षकत्वमा पालनपोषण, शिक्षा, स्वास्थ्य तथा असल सस्कारजन्य वातावरणमा प्रत्येक बालबालिकालाई शारीरिक, मानसिक तथा व्यक्तित्व बिकासको अवसर सृजना गर्नु आजको प्रथम आवश्यकता हो । कोभिड–१९ जस्तै कुनै रोग जसरी १ बाट २ हँुदै विश्व नरसंहारकारी घातक महारोग जस्तै निर्दोष अथवा अबोध बालबालिका माथिको अत्याचार बिद्युतीय माध्यमबाट भाईरल हुँदै भावी बालसंसारमा पुन बिकसित हँुदै गएर फेरि कुनै बालबालिका अत्याचारको सिकार बन्न नपरोस । बालबालिकामा निहित अबोध तथा कमजोर स्थितीको फाइदा उठाएर आफ्नै अविभावक देखि लिएर अपरिचित व्यक्ति समेत कोही कसैको गिद्दे दृष्टि नपरोस । अहिलेका बालबालिका नै हाम्रा उत्तराधिकारी तथा संरक्षक मात्र होईनन् द्रुत गतीमा भईरहेको बिकासका सम्बाहक तथा सारथि पनि हुन् । तसर्थ गरिब, असहाय मात्र होइन सम्पन्न व्यक्तिले पनि बालबच्चाको झन्झटिलो स्याहार सुसारबाट मुक्त भई आफु चाहिँ फिट भैराख्ने मनसायले बालबच्चाको चाहाना विपरीत साना छोराछोरीलाई बाल संरक्षण गृहमा राखेर औपचारिक रुपमा शिक्षा आर्जनका बहानामा मातृ बात्सल्य भावना तथा अभिभावकत्व आफै गुमाउदै जानुका साथै ती अबोध प्राणी पनि सधै निरीह जीवन बाचिरहँदा असल नागरिकको चाहना राख्ने हामीहरुले पनि असल अभिभावकको भूमिका निभाउदै असल नागरिक तयार गर्नुपर्छ जसरी कृषकले कडा मीहिनेत गरेर बिउबाट बिरुवा र बिरुवाबाट तरकारी, फलफूल तथा अनाज उत्पादन गर्छ र त हामीले खान पाईरहेका छौ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here