काठमाडौँ, २१ जेठ । गण्डकी प्रदेश सभा सदस्यबाट हटाइएका राष्ट्रिय जनमोर्चाका नेता कृष्णबहादुर थापा सर्वोच्च अदालत पुगेका छन् । थापाले आफ्नो सांसद पद कायम राख्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले कारबाही गरेको भनी सांसद पद कायम राख्न माग गर्दै रिट दिएका हुन् ।

उनको रिटमाथि आइतबार सुनुवाइ तोकिएको सर्वोच्च अदालतले जनाएको छ ।

राष्ट्रिय जनमोर्चाले थापालाई पार्टीबाट निष्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा दिएपछि बिहीबारको प्रदेशसभा बैठकमा सभामुख नेत्रनाथ अधिकारीले थापा निष्कासनमा परेको जानकारी गराएका थिए । त्यसपछि थापा सांसदबाट पदमुक्त भएका थिए ।

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धनलाई समर्थन गर्ने निर्णय गरे पनि थापाले आफूले विपक्षी गठबन्धनलाई साथ नदिने सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

थापा बाग्लुङ १ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here