लन्डन – युरो २०२० सुरु हुनुअगाडिको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा विश्व च्याम्पियन फ्रान्स र इंग्ल्यान्डले बुधबार जित आत्मसात् गरेका छन् । फ्रान्सले १० खेलाडीमा सीमित वेल्सलाई ३–० ले हरायो ।

त्यसमा केयलिन एमबापे, एन्टोन ग्रिजमन र ओसमन डेम्बेलेले गोल गरे । इंग्ल्यान्डले भने बुकाया साकाको पहिलो अन्तर्राष्ट्रिय गोलको मद्दतमा अस्ट्रियालाई १–० ले पराजित गर्‍यो ।

अन्य प्रमुख खेलमा नेदरल्यान्ड्सले स्कटल्यान्डसँग २–२ र जर्मनीले डेनमार्कसँग १–१ को बराबरी खेले ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here