
बागलुङ, १८ जेठ । बागलुङमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ ।
धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर १ की ७० बर्षिया महिलाको मंगलबार कोरोना संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि जेठ १ गते अस्पताल भर्ना भएकी उनको उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
महिलालाई जटिल कोभिड निमोनिया र स्वासप्रस्वासमा समस्या देखिएको थियो ।
यससँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।









