बागलुङमा कोरोना संक्रमणबाट २५ बर्षिया महिलाको मृत्यु

फाइल तस्विर

बागलुङ, १७ जेठ । बागलुङमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणको कारण बागलुङ नगरपालिका वडा नम्बर १३ पैयुँपाटाकी २५ बर्षिया महिलाको सोमबार विहान धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

स्वास्थ्यमा समस्या भएपछि जेठ १२ गते धौलागिरी अस्पतालमा भर्ना भएकी उनको अस्पतालले पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमणपछि अस्पतालको आइसोलेसनमा उपचाररत २५ बर्षिया महिलाको सोमबार विहान ४ बजेर १५ मिनेटमा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

मृत्तक महिलालाई गम्भिर रक्तअल्पता र कोभिड निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ ।

बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here