कोरोना संक्रमणबाट बागलुङमा थप एकको मृत्यु

बागलुङ, १५ जेठ । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।

धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर ३ का ५५ बर्षिय पुरुषको शनिबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

स्वासप्रस्वासमा समस्या भएपछि बैशाख २७ गते अस्पताल भर्ना भएका ५५ बर्षिय पुरुषको उपचारको क्रममा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । जटिल प्रकारको कोभिड निमोनियाको समस्या रहेका उनको उपचारको क्रममा शनिबार विहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको फोकलपर्सन घिमिरेले जानकारी दिनुभयो ।

बागलुङमा कोरोना संक्रणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here