
बागलुङ, १० जेठ । काठेखोला गाउँपालिकाका एक जना पुरुषको कोरोना संक्रमणबाट धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
धौलागिरी अस्पतालमा उपचाररत रहेका काठेखोला गाउँपालिका वडा नम्बर ८ लेखानीका ५९ बर्षिय पुरुषको सोमबार विहान मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले जानकारी दिनुभयो ।
डा. पोखरेलले बैशाख २९ गते अस्पतालमा भर्ना भएका ५९ बर्षिय पुरुषको भेन्टिलेटरमा राखेर उपचारको क्रममा सोमबार विहान ३ बजेर ५० मिनेटमा मृत्यु भएको बताउनुभयो । डा. पोखरेलले अस्पतालमा भर्ना हुँदा नै उहाँलाई स्वासप्रस्वासमा धेरै समस्या भएकोले हाइफलो अक्सिजन दिइएको र दोस्रो दिनबाट आइसियु (सघन कक्ष)मा राखेर उपचार गरिएको बताउनुभयो ।
डा. पोखरेलले जटिल प्रकारको कोभिड निमोनिया भएका विरामीको स्वासप्रस्वासमा समस्या बढ्दै गएपछि निधन भएको बताउनुभयो ।









