
काठमाडौं, ७ जेठ । कांग्रेस सभापति शेरबहादुर देउवाले वैकल्पिक प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्नुभएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धनले दावी प्रस्तुत गरेको छ ।
राष्ट्रपति कार्यालयमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २६, जसपाका १२ र राष्ट्रिय जनमोर्चाका एक सांसदको हस्ताक्षर सहित देउवाले प्रधानमन्त्रीमा दावी प्रस्तुत गरेका छन् ।
राष्ट्रपतिले दिएको समयभित्र दावी पेश गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतल निवास पुगेका थिए।









