
बागलुङ, ५ जेठ । बागलुङमा थप ७० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पतालको ल्याबमा मंगलबार गरिएको पिसिआर परिक्षणमा थप ७० जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । घिमिरेले बागलुङ नगरपालिका, बरेङ गाउँपालिका, काठेखोला गाउँपालिका र धौलागिरी अस्पतालले संकलन गरेको १ सय २९ जनाको स्वाबको परिक्षण गर्दा ७० जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।
घिमिरेले धौलागिरी अस्पतालले संकलन गरेको २३ जनाको नमुना परिक्षणमा १९ जना, बरेङ गाउँपालिकाले संकलन गरेको ५५ जनाको नमुना परिक्षणबाट १३ जना, बागलुङ नगरपालिका–१२ मा संकलन गरिएको २० जनाको नमुना परिक्षणमा २० जना, काठेखोला गाउँपालिकाले संकलन गरेको १६ जनाको नमुना परिक्षणमा १३ जना, बागलुङ नगरपालिकाको काभ्रेमा संकलन गरिएको १५ जनाको नमुना परिक्षणमा ५ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।
संक्रमितहरु धौलागिरी अस्पतालको फिभर क्लिनिकबाट र संक्रमितको कन्ट्याक टे«सिङबाट पहिचान भएका हुन् ।









