
बागलुङ, ४ जेठ । बागलुङ जिल्लामा थप १ सय ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पतालको ल्याबमा सोमबार गरिएको पिसिआर परिक्षणमा, बागलुङ नगरपालिका, तमानखोला गाउँपालिका, जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकाका थप १ सय ३० जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
फोकलपर्सन घिमिरेले धौलागिरी अस्पताल, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका र तमानखोला गाउँपालिकाले संकलन गरेको २ सय २ जनाको स्वाब परिक्षण गर्दा १ सय ३० जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।
फोकलपर्सन घिमिरेले धौलागिरी अस्पतालले संकलन गरेको ४३ जनाको नमुना संकलनबाट ३३ जना, तमानखोला गाउँपालिकाले संकलन गरेको ४६ जनाको नमुना संकलनबाट ३३ जना, जैमिनी नगरपालिकाले संकलन गरेको ६२ जनाको नमुना संकलनबाट ३० जना, काठेखोला गाउँपालिकाले संकलन गरेको १३ जनाको नमुना संकलनबाट ८ जना र बागलुङ नगरपालिकाले संकलन गरेको ३८ जनाको नमुना संकलनबाट २६ जनाको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।









