
बागलुङ, ३ जेठ । स्वासप्रस्वासमा समस्या भएपछि बागलुङकी एक विरामीलाई हेलिकोप्टर मार्फत काठमाडौं लगिएको छ । सफल पोलिक्लिनकमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर २ की ३२ बर्षिय महिलाको अक्सिजन लेबल घटेपछि आज (सोमबार) काठमाडौं लगिएको हो ।
आईतबार राती स्वासप्रस्वासमा समस्या भएपछि सफल पोलिक्लिनकमा भर्ना भएकी ३२ बर्षिय महिलालाई थप उपचारको लागि काठमाडौंको नेपाल मेडोसिटि अस्पताल पठाइएको बागलुङ नगरपालिका वडा नम्बर २ का वडा सदस्य अर्जुन घिमिरेले जानकारी दिनुभयो । उहाँले सिम्रिक एयरको हेलिकोप्टर मार्फत काठमाडौं लगिएको जानकारी दिनुभयो ।
लकडाउनको कारण घरमै बसिरहेको अवस्थामा स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल लगिएपनि जिल्लामा अक्सिजनको कमीको कारण काठमाडौं पठाउन परेको हो । वडा सदस्य घिमिरेले अक्सिजन घटे पनि उहाँको कोरोना परिक्षण नगरिएको बताउनुभयो ।









