टिका बहादुर कार्की,
व्यवस्थित तथा नियमित कार्यमा बिपदका कारण, असफलता वा आफ्नो योग्यता, क्षमता र योजना बिना अनायसै जे सम्भव हुन्छ त्यही क्षेत्रमा अन्धाधुन्द परिश्रम तथा आर्थीक लगानी गर्दै जानु हामीहरुको बिद्धमान अवस्थाका बिच काममा लागी सकेपछी आईपर्ने विविद समस्या एवं चूनौति समाधान गर्ने उचित उपाय नदेखी चिन्ता बढ्दै जाँदा एक्कासी रक्तचाप बढ्न गई हृदयघात, पक्षघातको बिरामी हुनुका साथै मानसिक एकोहोरोपना सृजना भई आत्महत्या तर्फ मोडिन सक्ने अवस्था देखिएका छन् । अध्ययनका क्रममा जन्मदै मानिस मानसिक तथा शारिरिक रुपमा कमजोर हुनु, सवल अवस्थाको व्यक्ति पनि आवश्यक शारिरिक व्यायामको अभाव, खानपानमा गडबडी ,लागु औषद तथा मदिरा सेवन, कुनै घटना वा रोगका कारण शारिरिक वा मानसिक अवस्थामा क्षती हुनुका कारणले आत्मबल कमजोर हँुदै जाँदा चिन्ता बढ्दै गएर रक्तचाप पनि क्रमश बढ्दै जाने गरेको पाइन्छ ।

खानपानको गडबडी, शारिरिक व्यायामको कमी र बिशेष अवस्थामा चिन्ताको कारण पहिलो पटक १४०/११०, दोस्रो पटक १५०/१२० र तेस्रा पटक १६०/१३० उच्च रक्तचापको समस्या देखियो । पहिला र दोस्रा पटक आहार बिहारमा सन्तुलन कायम गरेर रक्तचाप नियन्त्रणमा राख्छु भन्ने आत्म विश्वासले काम गर्यो । तर, तेस्रा पटक चाही चिकित्सकसंग परामर्श गरी सामान्य रुपमा १५ दिन नियमित औषधी सेवन तथा आहार बिहार सन्तुलनमा राखेर पुन चेकअप गराउने सल्लाहमा औषधी सेवन गर्दै जाँदा स्वास्थ संस्था नै कोभिड बिरामीको चापमा परिसके पछी केही समय बढी औषधी सेवन नियमित चलिरहेको छ । साथै सम्भव भएसम्म शारिरिक अभ्यास तथा खानपानमा कन्ट्रोल गरीरहेको छु ।

मानिसको उमेर तथा व्यवहार बढ्दै जाँदा स्वभाविक रुपमा चिन्ता बढ्दै जान्छ । चिन्ता गरिरहदा दुव्र्यसनिको सल्लाहमा लागूऔषध, मदिरा वा अन्य कुलतमा परेर आफू र आफ्नो परिवार समेतलाई असर पार्न भन्दा कुनै असल मानिससँग परामर्श लिएर आफ्नो योग्यता, क्षमता र संभावनाको आधारमा कर्म गर्दै जानु, ज्यादा चिन्ता नगर्नु, आफ्नो उमेर र अवस्था अनुसार शारिरिक व्यायामका साथै आवश्यक खानेकुरा व्यालेन्स मिलाएर खाने गर्दा रक्तचाप बढ्न पाउदैन् । जुन कुरा चिकित्सक वा कुनै स्वास्थ्यकर्मीले औषधी खाने बिरामीलाई सल्लाह दिन्छन्, औषधिले मात्र पनि रक्तचाप रोक्न सक्दैन यदि बिना परिश्रम जथाभावी खाना खाइन्छ भने ।

प्रकृतिले प्राणीलाई केवल खान र बाँच्न मात्र सृष्टी गरेको होईन रहेछ । हामीकहाँ घरपालुवा पशुपक्षी छन् भने हेर्न सकिन्छ – बाँस स्थानबाट दानापानीका लागी निस्कँदा पशुहरु केहीबेर दौडिन खोज्ने, पंक्षीहरु भुर्र उड्न तथा आङ तन्काउन खोज्ने गर्दा रहेछन् । तर, हाँमीहरु चाँही आँखा मिच्दै बेड टी, पेट चर्कुन्जेल ब्रेक फाष्ट लगायत स्वादिष्ट जंकफुडको भोजन गर्दै आराम तथा मनोरञ्जन मात्र गर्न वा हेर्न चाहन्छौ । खर्च नपुगे मिलेसम्म माग्छौ, नमिले बेच्न मिल्ने कुरा बेचेर वा कुनै उपायबाट खाने वा ऐसआराम गर्न चाहन्छौ । काम गर्नै परे एक पटकको दुःख पछी आराम वा मोजमस्तीमै बाँकी जिवन बिताउन चाहने हामी चाँही जनावर भन्दा पनि काम नलाग्ने अवस्थामा पुगिसकेका, अल्छी तिघ्रा–स्वादे जिब्रा मात्र भएकालाई उच्च रक्तचापले नच्याप्ने कसलाई ?

यसर्थ– नियमित शारीरिक परिश्रम वा व्यायाम, सन्तुलित खाना, चिन्तामूक्त हुन उपयुक्त व्यक्तिस्ँग परामर्श तथा योजनाबद्ध कार्यबाट मात्र उच्च रक्तचापबाट होइन कि रक्तचाप उच्च हुनबाट बचेर स्वस्थ रही सुखी होइनकि खुसीका साथ दीर्घ जिवन बाँच्न सकिन्छ । स्वस्थ र सचेत मानिसलाई कुनै रोगले आक्रमण गर्न सक्दैन भने परिआएका समस्या सहजै समाधान गर्न सक्षम हुँदै जाँदा व्यक्तिगत रुपमा स्वत प्रगती गर्दै जाने संभावना हुन्छ । स्वस्थ र दृढ आत्मबल भएकाले कोरोना जस्ता रोग जितेर पुनर्जिवन पाईरहेको यस अवस्थामा हामीले पनि स्वस्थ रही आत्मबल बढाउन आवश्यक छ । आज बिश्व उच्च रक्तचाप दिवशको शुभकामना ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here