बागलुङमा थप ५७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि

बागलुङ, ३ जेठ । बागलुङमा थप ५७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको ल्याबमा आईतबार दिउँसो गरिएको पिसिआर परिक्षणमा बागलुङका थप ५७ जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

संक्रमितको कन्ट्याक टे«सिङ र कोरोनाको लक्षण देखिएकाहरुको पिसिआर परिक्षण गर्दा बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका थप ५७ जनालाई संक्रमण पुष्टि भएको फोकलर्सन घिमिरेले जानकारी दिनुभयो ।

उहाँले बडिगाड गाउँपालिका वडा नम्बर १ का ४०, २६ र ३३ बर्षिय तीन जना पुरुष, वडा नम्बर २ का ३५, ४४, ३९, ६०, ४० र ३६ बर्षिय छ जना पुरुष र ५२ बर्षिया एक जना महिला, वडा नम्बर ४ का ५२ बर्षिय एक जना पुरुष र २५ र २५ बर्षिय दुई जना महिला, वडा नम्बर ५ का २८, ५२ र २८ बर्षिय तीन जना पुरुष र २२, ४८, ३४ र २४ बर्षिया चार बर्षिया चार जना महिला, वडा नम्बर ६ का ५५ बर्षिय एक जना पुरुष, वडा नम्बर ७ का ४५, ५४ र ५५ बर्षिय तीन जना पुरुष, वडा नम्बर ८ का ८५ बर्षिया एक जना महिला, वडा नम्बर ९ का १६ र ३६ बर्षिय दुई जना पुरुष र ३८ बर्षिया एक जना महिलालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

यस्तै बागलुङ नगरपालिका वडा नम्बर १ की ४२ बर्षिया एक जना महिला, वडा नम्बर ३ का १७ र ३० बर्षिय दुई जना पुरुष र ३९, ३३ र ६६ बर्षिया तीन जना महिला, वडा नम्बर ४ का ४६, २२ र २० बर्षिय तीन जना पुरुष, वडा नम्बर ५ की ४१ बर्षिया एक जना महिला, वडा नम्बर ७ की २७ बर्षिया एक जना महिला, वडा नम्बर ९ की ८४ बर्षिया एक जना महिला र वडा नम्बर १३ का ४२ र ५२ बर्षिय दुई जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

यस्तै ढोरपाटन नगरपालिका वडा नम्बर २ का २ बर्षिय एक जना बालक र वडा नम्बर ६ का ८० बर्षिय एक जना पुरुष, काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका ३७, ३८, ५८, ६१ र ५५ बर्षिय पाँच जना पुरुष र २७ र ३७ बर्षिय दुई जना महिला, ताराखोला गाउँपालिका वडा नम्बर १ का ५३ र ५७ बर्षिय दुई जना पुरुष र १९, ३६ र ३० बर्षिया तीन जना महिलालाई संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले जानकारी दिनुभयो ।
यस्तै बडिगाड गाउँपालिकाले स्वाब संकलन गरेको झापा जिल्ला विर्तामोड–४ ३२ बर्षिय पुरुषलाई पनि संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पताल, बडिगाड गाउँपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिको संकलन गरेको स्वाबको पिसिआर परिक्षण गर्दा ५७ जनालाई संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले जानकारी दिनुभयो ।

यस्तै आईतबार नै धौलागिरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा पर्वत जिल्लाको जलजला गाउँपालिकाका थप १४ जनालाई संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलका अनुसार जलजला गाउँपालिका वडा नम्बर २ का ७०, ६४, २१ र ५६ बर्षिय चार जना पुरुष र १७, ६५, ५३, ३६, ३५, ३८, ३८ र ८१ बर्षिया आठ जना महिला, वडा नम्बर ३ का ४५ बर्षिय एक जना पुरुष र वडा नम्बर ८ का २१ बर्षि एक जना पुरुषलाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here