बागलुङमा थप ९४ जनालाई कोरोना संक्रमण

बागलुङ, २ जेठ । बागलुङमा थप ९४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धौलागिरी अस्पतालको ल्याबमा आईतबार गरिएको पिसिआर परिक्षणमा बागलुङका थप ९४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

फोकलपर्सन घिमिरेले बागलुङ नगरपालिकाका ५६ जना र काठेखोला गाउँपालिकाका ३८ जना गरि ९४ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

बागलुङ नगरपालिका वडा नम्बर १ का ३७, ३३, ५० र ३० बर्षिय चार जना पुरुष र ५०, ४६, ३७, २९ र ४० बर्षिया पाँच जना महिला, वडा नम्बर २ का ५१, ५१, ४२ र ५० बर्षिय चार जना पुरुष र ३१, ३९, ३५ र ४५ बर्षिया चार जना महिला, वडा नम्बर ३ का ३३ र २८ बर्षिय दुई जना पुरुष र १८ र २५ बर्षिया महिला, वडा नम्बर ४ का ३७ र ४६ बर्षिय दुई जना पुरुष र ६७ र २३ बर्षिया दुई जना महिला, वडा नम्बर ५ का ५५, १७, ४६, १८, ५५, १५, ४९, ४९, ३१, २८, ३६, ७२, ५८ र ६६ बर्षिय १४ जना पुरुष र ६१, ३९, ५०, ५३, २६ र ३४ बर्षिया छ जना महिलालाई संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

यस्तै बागलुङ नगरपालिका वडा नम्बर ६ का ३० बर्षिय एक जना पुरुष र २० बर्षिया एक जना महिला, वडा नम्बर ७ का ५९ र ४४ बर्षिय दुई जना पुरुष र २६ र ६१ बर्षिया दुई जना महिला, वडा नम्बर ९ का २३ र ८४ बर्षिया दुई जना महिला, वडा नम्बर १२ का ३० बर्षिय एक जना पुरुष र वडा नम्बर १३ का २५ बर्षिय एक जना पुरुष र ४७ बर्षिया एक जना महिलालाई संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले जानकारी दिनुभयो ।

फोकलपर्सन घिमिरेले वडा नम्बर ३ धम्जाकी ५७, ४०, ५२, २३, २६, ५८, ३०, ६३, ६४, ५६, ३५, ५०, ७०, ३२, १३, ४४, ३३, २८ र ५५ बर्षिया १९ जना महिला र ६०, ४८, २९, ३८, ३८, ३५, ६८, ७१, ३४, ७८, ३१, ३१ र ३३ बर्षिय १३ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।

यस्तै काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका ८२ बर्षिय एक जना पुरुष र ६२, २०, ४०, २१ र ४६ बर्षिय ५ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको फोकलर्सन घिमिरेले बताउनुभयो ।

घिमिरेले बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र धौलागिरी अस्पतालको स्वाब संकलन केन्द्रबाट संकलन गरिएको १ सय २० जनाको स्वाबको पिसिआर परिक्षण गर्दा ९४ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here