
बागलुङ, २ जेठ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाको एउटै वडाका ३२ जना सहित थप ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पतालको ल्याबमा गरिएको पिसिआर परिक्षणमा आईतबार काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाका ३२ जना र वडा नम्बर ७ रेशका ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
फोकलपर्सन घिमिरेले वडा नम्बर ३ धम्जाकी ५७, ४०, ५२, २३, २६, ५८, ३०, ६३, ६४, ५६, ३५, ५०, ७०, ३२, १३, ४४, ३३, २८ र ५५ बर्षिया १९ जना महिला र ६०, ४८, २९, ३८, ३८, ३५, ६८, ७१, ३४, ७८, ३१, ३१ र ३३ बर्षिय १३ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो ।
यस्तै काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका ८२ बर्षिय एक जना पुरुष र ६२, २०, ४०, २१ र ४६ बर्षिय ५ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको फोकलर्सन घिमिरेले बताउनुभयो ।
घिमिरेले ४७ जनाको पिसिआर परिक्षण ३८ जनाको पोजेटिभ र ९ जनाको नेगेटिभ रिपोर्ट आएको बताउनुभयो ।









