धौलागिरि अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव

धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

बागलुङ, २ जेठ । कोरोना संक्रमणका जटिल संक्रमित बढेसँगै धौलागिरि अस्पताल बागलुङमा अक्सिजनको अभाव हुन थालेको छ ।

अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर नहुँदा नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्था सृजना भएको हो । अस्पतालमा सञ्चालित अक्सिजन प्लान्ट बाहेक ७० वटा अक्सिजन सिलिन्डर उपलब्ध भए पनि अक्सिजनको मात्रा अपुग भएको अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र वि. पोख्रेलले बताउनुभयो ।

अक्सिजन प्लान्ट अस्पतालमा तयार भएको २५ बेडको आईसोलेसनसहित कुल ७५ बेडमा जडान गरिएको छ । आईसियु तथा आइसोलेसन कक्षमा रहेका अधिकांस बिरामीलाई ‘हाइफ्लो’ अक्सिजन चलाउनु पर्ने हुँदा प्लान्ट र मौजुता सिलिन्डरले धान्न नसक्ने अवस्था आएको डाक्टर पोख्रेलको भनाई छ ।

७० वटा सिलिन्टरलाई रातमा चलाउने र बिहानीको समयमा पोखरा स्थित कालिगण्डकी अक्सिजन कम्पनीमा भर्नको लागि पठाउने गरिएको छ । पछिल्लो दिन उद्योगको प्राथमिकता बागलुङका सिलिन्डर पर्न छोडेको उहाँले बताउनुभयो ।

‘अक्सिजन भर्ने काम रेगुलर सेडुलमा नहुँदा समस्या देखिएको छ’ डाक्टर पोख्रेलले भन्नुभयो–‘एक त सिलिन्डर अभाव छ, त्यसमा पनि भर्ने र डेलिभर गर्न ढिला भयो भने जटिलता आउन सक्छ ।’ कम्पनीले अक्सिजन भर्न ढिला गर्दा म्याग्दीबाट सिलिन्टर ल्याएर चलान बाध्य भएको उहाँको भनाई छ । अस्पतालको सघन उपचार कक्षमा चार र आइसोलेसनमा २९ जना गरी कुल ३४ जना संक्रमित छन् ।

उपचाररत सबैलाई हाईफ्लो अक्सिजन चलाउनु पर्ने अवस्थामा रहेको आइसोलेसन कक्षमा कार्यरत स्टाफनर्स विपना गुरुङले जानकारी दिनुभयो । अस्पतालको अक्सिजन प्लान्टले दैनिक ३५ सिलिन्डर बराबर अक्सिज उत्पादन गर्छ । अहिल रहेका बिरामीलाई अक्जिन पुर्याउन कठिन भएको अवस्थामा अक्सिजन आवश्यक पर्ने नयाँ बिरामी भर्ना गर्न नसक्ने अवस्था रहेको छ । दैनिक एक सय २० सिलिन्टर आवश्यकता छ ।

बागलुङमा एक सय वटा अक्सिजन सिलिन्टर छन् । जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत गणेश गौतमका अनुसार मेडिकल अधिकृतसहित बागलुङ नगरपालिकामा ३४, गलकोट नगरपालिकामा तीन, धौलागिरि अस्पतालमा २५, बूर्तिवाङ प्राथमिकता स्वास्थ्य केन्द्रमा १० बेडको आइसोलेसन कक्ष तयार गरिएको छ । अन्य स्थानीय तहले आइसोलसन तयार गरे पनि मेडिकल अधिकृत र अक्सिजनको व्यवस्थापन गरिएको छैन । दश स्थानीय तहमा पुरानो मापदण्डका १५२ वटा आइसोलेसन छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here