
बागलुङ, ३१ बैशाख । बागलुङमा थप ५२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पतालको ल्याबमा गरिएको पिसिआर परिक्षणमा शुक्रबार बागलुङका थप ५२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
फोकलपर्सन घिमिरेले बागलुङ नगरपालिकाका ३५ जना, काठेखोला गाउँपालिकाका १६ जना र जैमिनी नगरपालिकाका १ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो । उहाँले बागलुङ नगरपालिका वडा नम्बर १ का ४ जना, वडा नम्बर २ का ३ जना, वडा नम्बर ३ का ६ जना, वडा नम्बर ४ का ३ जना, वडा नम्बर ८ का १४ जना, वडा न्रम्बर ९ का ३ जना, वडा नम्बर १० का १ जना र वडा नम्बर १२ का १ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।
यस्तै काठेखोला गाउँपालिका वडा नम्बर २ का ८ जना, वडा नम्बर ५ का ६ जना र वडा नम्बर ६ का २ जना र जैमिनी नगरपालिका वडा नम्बर २ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले जानकारी दिनुभयो ।









