निसीखोलामा माटोको ढिस्कोले पुरिएर आमाछोराको मृत्यु

बागलुङ, ३१ बैशाख । जिल्लाको निसीखोला गाउँपालिका २ काल्नेचौरमा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु भएको छ ।

शुक्रबार घर नजिकै माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्काले पुरिएर स्थानीय ३३ वर्षीया भवी कुँवर र उनकी १२ वर्षीय माइलो छोरा सुरेश कुँवरको मृत्यु भएको निसीखोला गाउँपालिका २ का अध्यक्ष कुविर विकले जानकारी दिए ।

माटोले पुरिएका आमा छोराको केही बेरमै स्थानीयले उद्धारको प्रयास गरे पनि बचाउन नसकिएको अध्यक्ष विकले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here