बागलुङमा थप एक कोरोना संक्रमितको मृत्यु

धौलागिरी अस्पताल, बागलुङ । तस्विरः सिर्जना कार्की

बागलुङ, ३० बैशाख । कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।

बडिगाड गाउँपालिका वडा नम्बर ४ का ४० बर्षिय एक पुरुषको बिहिबार धौलागिरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

घिमिरले बैशाख १७ गते धौलागिरी अस्पतालमा कोरोनाको लक्षण देखिएपछि उपचारको लागि आएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको र सघन कक्ष (आइसियु)मा उपचारको क्रममा बिहिबार बेलुका १० बजेर ५ मिनेटमा मृत्यु भएको बताउनुभयो ।

यससँगै आजै धौलागिरी अस्पताल बागलुङमा कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ । आजै विहान बागलुङ नगरपालिका–४ का ७७ बर्षिया पुरुष र दिउँसो ढोरपाटन नगरपालिका–९ का ५७ बर्षिय पुरुष र गल्कोट नगरपालिका–२ का ५२ बर्षिय पुरुष र दिउँसो २ बजेर १० मिनेटमा गल्कोट नगरपालिका–३ का ६४ बर्षिय पुरुषको मृत्यु भएको थियो ।

कोरोना संक्रमणबाट बागलुङमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here