
बागलुङ, ३० बैशाख । बागलुङमा थप १ सय ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहिबार धौलागिरी अस्पतालको ल्याबमा गरिएको पिसिआर परिक्षणमा बागलुङ जिल्लामा थप १ सय ३२ जनालाई संक्रमण पुष्टि भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका, गल्कोट नगरपालिका र ताराखोला गाउँपालिकाका १ सय ३२ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो । उहाँले सबैभन्दा धेरै गल्कोट नगरपालिकामा ५३ जनालाई, बागलुङ नगरपालिकामा ४५ जनालाई, काठेखोला गाउँपालिकामा २८ जनालाई, जैमिनी नगरपालिकाका ३ जना, ताराखोला गाउँपालिकामा २ जनालाई र बडिगाड गाउँपालिकामा १ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।
यस्तै धौलागिरी अस्पतालको ल्याबमा गरिएको पिसिआर परिक्षणमा पर्वत जिल्लाको कुश्मा नगरपालिकाका दुई जनालाई संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु स्थानिय तहहरु र धौलागिरी अस्पतालले निकालेको स्वाब परिक्षणबाट पुष्टि भएका हुन् ।









