
बागलुङ, ३० बैशाख । बागलुङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।
धौलागिरी अस्पतालको सघनकक्ष आइसियुमा उपचाररत गल्कोट नगरपालिका–३ का ६४ बर्षिय पुरुषको आज बिहिबार दिउँसो २ बजेर १० मिनेटमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
कोरोनाको लक्षण देखिएपछि धौलागिरी अस्पतालमा बैशाख १७ गते भर्ना भएका उनलाई बैशाख १९ गते पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यससँगै आजै धौलागिरी अस्पताल बागलुङमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको थियो । विहान बागलुङ नगरपालिका–४ का ७७ बर्षिया पुरुष र दिउँसो ढोरपाटन नगरपालिका–९ का ५७ बर्षिय पुरुष र गल्कोट नगरपालिका–२ का ५२ बर्षिय पुरुषको मृत्यु भएको थियो ।
कोरोना संक्रमणबाट बागलुङमा मृत्यु हुनेको संख्या २१ पुगेको छ ।









