धौलागिरी अस्पतालमा बागलुङका थप दुई संक्रमितको मृत्यु

फाइल तस्विर

बागलुङ, ३० बैशाख । बागलुङमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु भएको छ ।

धौलागिरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको बिहिबार दिउँसो निधन भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले बताउनुभयो ।

उहाँले अस्पतालको आइसोलेसनमा उपचाररत ढोरपाटन नगरपालिका–९ का ५७ बर्षिय पुरुष र गल्कोट नगरपालिकाका–२ नरेठाँटीका ५२ बर्षिय पुरुषको मृत्यु भएको बताउनुभयो ।

ढोरपाटनका ५७ बर्षिय पुरुष बैशाख १९ गते अस्पतालमा भर्ना भएका थिएभने गल्कोटका ५२ बर्षिय पुरुष बैशाख २२ गते भर्ना भएको अस्पतालले जनाएको छ ।

यस्तै आज बिहान बागलुङ नगरपालिका–४ बस्ने ७७ बर्षिया पुरुषको मृत्यु भएको थियो । बागलुङमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here