बागलुङमा थप एक कोरोना संक्रमितको मृत्यु, मृत्तकको संख्या १८ पुग्यो

फाइल तस्विर

बागलुङ, ३० बैशाख । बागलुङमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

धौलागिरी अस्पतालमा उपचाररत कोरोना संक्रमित बागलुङ नगरपालिका वडा नम्बर ४ का ७७ बर्षिय पुरुषको बिहिबार विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

धौलागिरी अस्पतालमा बैशाख २८ गते भर्ना भएका उनको आज (बिहिबार) विहान ७ बजे उपचारको क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

यससँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here