विपक्षी गठबन्धनलाई मेरो समर्थन छैनः सांसद शाहि

बागलुङ, ९ बैशाख । राष्ट्रिय जनमोर्चा पार्टीका अर्का सांसद खिमविक्रम शाहीले पनि गठबन्धन सरकारलाई समर्थन नरहेको बताएका छन् ।

बहुमत दावी गरेर प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री दाबेदार कृष्णचन्द्र नेपालीसहित कांग्रेस माओवादीका नेताहरू बसिरहेका बेला जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले समेत आफू तटस्थ रहेको जनाएका छन् । उनले बुधबार विज्ञप्ति जारी गर्दै गबन्धनलाई समर्थन नरहेको र आफू तटस्थ रहेको जानकारी दिएका छन् ।

त्यस्तै जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले पनि गठबन्धलाई आफ्नो समर्थन नगरहेको बताएका छन् ।

यसअघि नै उनले प्रदेश सरकार गठनमा आफू तटस्थ रहेको पत्र प्रदेश प्रमुख सीता पौडेललाई पठाएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here