बागलुङमा थप १ सय २ जनालाई कोरोना संक्रमण

बागलुङ, २९ बैशाख । बागलुङमा थप १ सय २ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङको धौलागिरी अस्पतालमा आज (बुधबार) गरिएको पिसिआर परिक्षणमा बागलुङ नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका १ सय २ जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

फोकलपर्सन घिमिरेले आज सवैभन्दा धेरै बागलुङ नगरपालिकाका ९५ जना, निसीखोला गाउँपालिकाका ५ जना र बडिगाड गाउँपालिकाका २ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो । उहाँले बागलुङ नगरपालिकाका वडा नम्बर २ का २ जना, वडा नम्बर ४ का १ जना, वडा नम्बर ६ का १८ जना, वडा नम्बर ७ का २१ जना, वडा नम्बर ९ का २८ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर १४ का १९ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो । बागलुङ नगरपालिकाका ३ जनाको वडा खुलेको छैन ।

यस्तै निसीखोला गाउँपालिका वडा नम्बर २ का १ जना र वडा नम्बर ४ का ३ जनालाई संक्रमण पुष्टि भएको छभने बडिगाड गाउँपालिकाका दुई जनालाई संक्रमण पुष्टि भएको छ । बडिगाड गाउँपालिकाका दुई जनाको वडा खुलेको छैन ।

फोकलपर्सन घिमिरेले बागलुङ नगरपालिका, धौलागिरी अस्पताल, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले निकालेको १ सय ७६ जनाको स्वाबको पिसिआर परिक्षण गर्दा १ सय २ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो । उहाँले बागलुङ नगरपालिकाले निकालेको १ सय ३१ जनाको स्बावको परिक्षण गर्दा ८९ जनालाई, धौलागरी अस्पतालले निकालेको ७ जनाको स्वाब परिक्षण गर्दा ६ जनालाई , बडिगाड गाउँपालिकाले निकालेको दुई जनाको स्वाब परिक्षण गर्दा दुई जनालाई र निसीखोला गाउँपालिकाले निकालेको ३६ जनाको स्वाबको परिक्षण गर्दा ५ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here