पर्वतको जलजला कोरोनाको हटस्पोट ! ३५ जनालाई संक्रमण पुष्टि

बागलुङ, २७ बैशाख । पर्वत जिल्लाको जलजला गाउँपालिका कोरोना भाइरसको हटस्पोट बन्ने देखिएको छ ।

धौलागिरी अस्पतालमा सोमबार गरिएको पिसिआर परिक्षणमा ३५ जनालाई संक्रमण पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र वि.क. पोखरेलले जानकारी दिनुभयो ।

पिसिआर परिक्षणमा जलजला गाउँपालिका वडा नम्बर २ का २७ र ५० बर्षिय दुई जना पुरुष, ३७ बर्षिया एक जना महिला, वडा नम्बर ३ का ११, १९, ५८, ४७, ४२, ७२, ५४, २२, १९, २३, ३५, ४३, ४९ र ४४ बर्षिय १४ जना पुरुष र ६०, २६, २४, ५८, ५७, २२, ५३, २५, ५२, ४५, ४१, ५३ र २७ बर्षिया १३ जना महिला, वडा नम्बर ४ का २६ बर्षिय पुरुष र ८५, ७२ र २६ बर्षिया तीन जना महिला र वडा नम्बर ७ का ३४ बर्षिय एक जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. पोखरेलले जलजला गाउँपालिकाका ४८ जनाको पिसिआर परिक्षण गर्दा ३५ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here