
बागलुङ, २६ बैशाख । बागलुङ जिल्लाको खर्बाङमा घरको छतबाट खस्दा एक जनाको ज्यान गएको छ ।
बडिगाड गाउँपालिका वडा नम्बर २ दनियाँ निवासी ३९ वर्षिया रन बहादुर रानाको वायरिङ गर्ने क्रममा घरको छतबाट खसेर मृत्यु भएको बडिगाडबाट पत्रकार कमल पौडेलले जानकारी दिनुभयो । स्थानिय दिपु केसिको घरमा वायरिङ गर्ने क्रममा खस्दा गम्भिर घाइते भएका रानाको उपचारको लागि हेलिकप्टर मार्फत पोखरा पठाउने तयारी भैरहेको बेला मृत्यु भएको हो ।
गिरिङ्दी खोला लघुजलविद्युत परियोजनामा अपरेटरको रुपमा काम गर्दै आएका रानाका श्रीमती सहित २ छोरा र १ छोरी रहेका छन् ।









