
बागलुङ, २५ बैशाख । ११ महिने बालक सहित बागलुङमा शनिबार थप ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
धौलागिरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा एक जना ११ महिने बालक सहित बागलुङ नगरपालिकाका २२ जना, काठेखोला गाउँपालिकाका ९ जना, बडिगाड गाउँपालिकाका ३ जना र ढोरपाटन नगरपालिकाका १ जना गरि ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । उहाँले बागलुङ नगरपालिका वडा नम्बर १ का ३४ र ५२ बर्षिया दुई जना महिला, वडा नम्बर २ का ५२, ३२ र ३७ बर्षिया तीन जना महिला, १७ र ५४ बर्षिय दुई जना पुरुष, वडा नम्बर ३ का ३१, ४३, ६०, ३५, ५५ र ७० बर्षिया ६ जना महिला, ३२, ४५ र ६६ बर्षियका तीन जना पुरुष, वडा नम्बर ६ का ४८ बर्षिया महिला, ६६ र ५३ बर्षिय दुई जना पुरुष, वडा नम्बर ७ का ४८ बर्षिय पुरुष, वडा १३ का ३८ र ६४ बर्षिय दुई जना पुरुष, काठेखोला गाउँपालिका वडा नम्बर २ का २२, ४८, २३ र ५८ बर्षिया चार जना महिला, ५३, ४९, २६ र ३३ बर्षिय चार जना पुरुष, वडा नम्बर ४ का ३३ बर्षिय पुरुष, ढोरपाटन नगरपालिका वडा नम्बर १ का ४३ बर्षिय पुरुष र बडिगाड गाउँपालिका वडा नम्बर १० का २३ बर्षिय पुरुष र वडा नम्बर ३ का ११ महिने एक बालक र वडा नम्बर ५ की २९ बर्षिया महिलालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।
यस्तै धौलागिरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर ६ को ५६ बर्षिय पुरुष र वडा नम्बर १ को ५१ बर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको फोकपर्सन घिमिरेले बताउनुभयो ।
फोकलपर्सन घिमिरेले संक्रमितहरुको कन्ट्याक टे«सिङ र धौलागिरी अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएको बताउनुभयो ।
यससँगै बागलुङमा सक्रिय संक्रमितको संख्या ३ सय ३९ पुगेको छ ।









