फाइल तस्विर

बागलुङ, २३ बैशाख । बागलुङ जिल्लामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

धौलागिरी अस्पतालको आइसियुमा उपचाररत बडिगाड गाउँपालिका–४ का कोरोना संक्रमित ८७ बर्षिय एक पुरुषको विहिवार साझँ मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । फोकलपर्सन घिमिरेले विहिवार साझँ ५ बजेर ४५ मिनेटमा मृत्यु भएको बताउनुभयो ।

बैशाख १८ गते धौलागिरी अस्पतालमा भर्ना भएका उनको बैशाख १९ गते कोभिड पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।

बागलुङमा कोभिड–१९ को कारण आज विहान बागलुङ नगरपालिका–४ का कोरोना संक्रमित ७८ बर्षिय एक पुरुषको विहिवार विहान मृत्यु भएको थियो। यो संगै मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here