
बागलुङ, २३ बैशाख ।
बागलुङ जिल्लामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
धौलागिरी अस्पतालको आइसियुमा उपचाररत बागलुङ नगरपालिका–४ का कोरोना संक्रमित ७८ बर्षिय एक पुरुषको विहिवार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । फोकलपर्सन घिमिरेले विहिवार विहान ८ बजेर ४५ मिनेटमा मृत्यु भएको बताउनुभयो ।
बैशाख २० गते धौलागिरी अस्पतालमा भर्ना भएका उनको बैशाख २० गते नै कोभिड पोजेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ ।
बागलुङमा कोभिड–१९ को कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।








