कोरोना अपडेटः २४ घण्टामा ५८ जनाको मृत्यु, ८६५९ मा संक्रमण पुष्टि

बागलुङ, २२ बैशाख । नेपालमा गत २४ घण्टामा थप ८,६०० जना भन्दा बढी व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाण्डू उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ ।

मन्त्रालयका अनुसार उसले सो अवधिमा थप ५८ जनाको कोभिड-१९ सम्बन्धी कारणले मृत्यु भएको विवरण प्राप्त गरेको छ । यो अहिलेसम्म पुष्टि भएको सर्वाधिक दैनिक वृद्धि र मृत्युको सङ्ख्या हो ।

अहिले पुष्टि भएका सङ्क्रमितहरू पीसीआर विधिसहित एन्टिजन विधिबाट परीक्षण गर्दा पहिचान भएका हुन् ।

सरकारले मङ्गलवार ७,६६० जनामा सङ्क्रमण र ५५ जनाको मृत्यु र सोमवार ७,४४८ जनामा सङ्क्रमण र ३७ जनाको मृत्यु भएको तथ्याङ्क सार्वजनिक गरेको थियो ।

अहिलेको वृद्धिसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ६६,३०० नाघेको छ ।

तीमध्ये ४,४६४ जना संस्थागत आइसोलेशनमा र बाँकी ६१,५०० जनाजति घरममै आइसोलेशनमा बसेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here