बागलुङमा एकै दिन थप ३२ जनालाई कोरोना संक्रमण पुष्टि

बागलुङ, २१ बैशाख । बागलुङमा मंगलबार थप ३२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

धौलागिरी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा बागलुङ नगरपालिकाका १८ जना, बडिगाड गाउँपालिकाकाका ११ जना, काठेखोला गाउँपालिकाका २ जना र तमानखोला गाउँपालिकाका १ जना गरी जम्मा ३२ जनालाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेले बागलुङ नगरपालिका वडा नम्बर १ का ४७, ६०, ५६ र ३० बर्षिय चार जना पुरुष, वडा नम्बर २ का ३१ र २९ बर्षिय दुई जना पुरुष र ३२ र २८ बर्षिया दुई जना महिला, वडा नम्बर ३ का ६९ र ५९ बर्षिया दुई जना महिला, वडा नम्बर ४ का ७८ बर्षिय पुरुष, वडा नम्बर ६ का ७५ बर्षिया महिला, वडा नम्बर ७ का ५५, ४८ र २७ बर्षिय तीन जना पुरुष र ७७ बर्षिया महिला, वडा नम्बर ८ की ३१ बर्षिया महिला र वडा नम्बर ९ का ६२ बर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको बताउनुभयो । घिमिरेले बडिगाड गाउँपालिका वडा नम्बर ४ का २६, ४२, २८ र ६५ बर्षिय चार जना पुरुष र वडा नम्बर ५ का ३३, ५३, २०, ५२ र २६ बर्षिय पाँच जना पुरुष र २६ र २४ बर्षिया दुई महिला, तमानखोला गाउँपालिका वडा नम्बर ४ का ६५ बर्षिय पुरुष, काठेखोला गाउँपालिका वडा नम्बर ५ का ७१ बर्षिय पुरुष र वडा नम्बर ६ की ३० बर्षिया महिलालाई संक्रमण पुष्टि भएको बताउनुभयो ।

यससँगै बागलुङमा संक्रमितहरुको संख्या १ सय ७२ पुगेको फोकलपर्सन घिमिरेले जानकारी दिनुभयो । त्यसमध्ये १ सय ४५ जना होम आइसोलेसनमा रहेका छन्भने २० जना धौलागिरी अस्पताल बागलुङको आइसोलेसनमा र ७ जना ताराखोला गाउँपालिकाको आइसोलेसनमा रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here