बागलुङ, २० बैशाख । बागलुङमा थप २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । आज सोमबार धौलागिरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिकाका २० जना, काठेखोला गाउँपालिकाका तीन जना, जैमिनी नगरपालिकाका १ जना र पर्वत जिल्लाको कुश्मा नगरपालिका घर भई बागलुङ बजार बस्दै आएका दुई जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेका अनुसार बागलुङ नगरपालिकाका वडा नम्बर २ का ५७, ५०, ३०, २६, ५७, ३५, ४१, ६२ र २३ बर्षिय ९ जना पुरुष र ३०, २५, ३५ र ५२ बर्षिया चार जना महिला, वडा नम्बर ३ का ४५, ५० र ३८ बर्षिय तीन जना पुरुष र ३५ र ६१ बर्षिया दुई जना महिला, वडा नम्बर ७ का ३६ बर्षिय पुरुष र वडा नम्बर १२ का ३६ बर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको बताउनुभयो । यस्तै काठेखोला गाउँपालिका वडा नम्बर २ का ५३ बर्षिय पुरुष र ५२ बर्षिया महिला, वडा नम्बर ४ का ५३ बर्षिया महिला, जैमिनी नगरपालिका वडा नम्बर ३ का ५० बर्षिय पुरुष र पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १ का ६५ बर्षिय पुरुष र वडा नम्बर ६ का ५५ बर्षिय पुरुषलाई संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

संक्रमितहरु मध्य काठेखोला गाउँपालिकाका एक जना पुरुष कर्मचारी र एक जना महिला स्वास्थ्य स्वयंसेविका हुन्भने कुश्मा नगरपालिकाका दुई जना संक्रमित बागलुङ जिल्लामा कार्यरत सरकारी कर्मचारी हुन् ।

धौलागिरी अस्पतालको ल्याबमा आज (सोमबार) ६२ जनाको परिक्षण गर्दा २६ जनालाई संक्रमण पुष्टि भएको धौलागिरी अस्पताल पिसिआर परीक्षण प्रयोगशालाका प्रमुख नारायणप्रसाद कोईरालाले बताउनुभयो ।

बागलुङमा सक्रिय संक्रमितहरुको संख्या १ सय ३४ पुगेको छ । संक्रमितहरु मध्य १ सय १३ जना होम आइसोलेसन र २१ जना अस्पतालको आइसोलेसनमा छन् । धौलागिरी अस्पतालको आइसोलेसनमा १४ जना र ताराखोला गाउँपालिकाको कोभिड अस्पतालमा ७ जना रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here