दाङ, २० बैशाख । दाङको कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन् । यहाँ २ दिनदेखि अक्सिजन अभाव थियो ।

आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतवार बिहानदेखि स्टक पनि सकिएको छ ।

बिरामी छटपटाउन थालेपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित देखिएका छन् । अस्पतालका व्यवस्थापक द्रोणबहादुर ओलीले आइतवार बिहानदेखि १ सिलिन्डर पनि अक्सिजन नरहेको बताए ।

‘हिजैदेखि प्रदेश सरकार, जिल्लाका निकायलाई हारगुहार गर्दै आएका छौं । अहिलेसम्म कसैले सुनेका छैनन्’, ओलीले भने, ‘अहिले बिरामीहरू अक्सिजन अभावमा बेडमा छट्पटाइरहेका छन् । हामीसँग अक्सिजन शून्य छ । दबाबमा बेड त बढाइयो तर आवश्यक सामग्री व्यवस्थापनमा कसैको चासो भएन । यही अवस्था रहेमा बिरामीको उपचार सम्भावना छैन,’ उनले भने ।

अस्पतालमा दैनिक डेढ सय सिलिन्डर अक्सिजन खपत हुने गरेको उनको भनाइ छ । चर्को दबाबका कारण यो अस्पताल १०० बेडको चलाउने निर्णय शनिवार मात्रै गरिएको थियो । ४२ बेडमा सञ्चालन हुँदै आएकोमा ५८ बेडमा विस्तार गरिएको छ ।

अस्पताललाई सय बेडमा सञ्चालन गर्न दैनिक करीब ४०० सिलिन्डर अक्सिजन आवश्यक पर्ने व्यवस्थापक उनले बताए । अस्पतालका बिरामीको रक्षा भगवान् भरोसा मात्रै छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here