बागलुङ, १९ बैशाख । युवा मिडफिल्डर कमल थापाले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता खेल्ने भएका छन् । बागलुङका मिडफिल्डर कमल प्रतियोगिताका बाँकी खेलका लागि पोखरा थन्डर्समा अनुबन्धित भएका छन् ।

स्थानीय खेलाडीका रुपमा रहेका भिषण गुरुङको स्थानमा पोखराले कमललाई अनुबन्ध गरेको हो । मिडफिल्डर भिषण कोरोना संक्रमित भएको कारण प्रतियोगिता गुमाउने पोखराका पदाधिकारीले जानकारी दिएका छन् ।

कुनै खेलाडी लामो समय टिम बाहिर रहने अवस्थामा सहभागी टिमले ती खेलाडीको ठाउमा अन्य खेलाडी अनुबन्ध गर्न पाउने नियम रहेको छ ।

मिडफिल्डर कमल ए डिभिजन क्लब हिमालय शेर्पाबाट खेल्दै आएका थिए । पोखराले आज ललितपुर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । तर, उनी सुरुवाती-११ मा परेका छैनन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here