बागलुङ, १९ बैशाख । नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आफ्नै भवनमा दश बेडको आइसोलेसन कक्ष तयार गरेको छ ।

अग्रपंतीमा खटिएर रिपोर्टिङ्ग गर्दा भविष्यमा आईपर्ने समस्यालाई सहज समाधानको लागि महासंघले भवनको सभाहलमा आइसोलेसन निर्माण गरेको हो । कोरोना उपचार भैरहेको धौलागिरि अस्पतालमा बिरामीको चाप बढ्दै जाँदा हुने बेड अभावलाई ध्यानमा राखेर अक्सिजनको व्यवस्थासहित आइसोलेन तयार गरेको पत्रकार महासंघ बागलुङका उपाध्यक्ष नवीन शिशिर विकले जानकारी दिनुभयो ।

आइसोलेन कक्ष सञ्चालनको लागि धौलागिरि अस्पताल र बागलुङ नगरपालिकासँग आवश्यक समन्वय गरिएको छ । आईसोलेन कक्षमा कोरोना संक्रमित पत्रकारलाई उपचारको लागि रााखिने छ । त्यहाँ आवश्यक पर्ने जनशक्ति व्यवस्थापनमा अस्पताल र नगरपालिका स्वास्थ्य शाखाले साथ दिने प्रतिबद्धता जनाएको पत्रकार महासंघका अध्यक्ष नरेश कँडेलले बताउनुभयो ।

आइसोलनमा वाईफाई, रुची अनुसारका पुस्तक, म्युजिक तथा भिडियाोका लागि मल्टिमिडिया जस्ता प्राविधिक सामग्री जडान गरिएको छ । आईसोलेसन कक्षमा आवश्यक सेनिटाईजर डिस्पेन्स, डिजिटल बिपिसेट, अक्सिजन नाम्ने उपकरण, पाँच लिटर सेनिटाईज, सर्जिकल मास्क गरी करिव २२ हजार बराबरको सामग्री ब्रदर्श सर्जिकल एण्ड डाईगोनोटिसका संञ्चालक निलकण्ठ शर्मा प्रदान गर्नुभएको थियो ।

‘बजार क्षेत्रमा भाडा गरी बस्ने पत्रकार सञ्चारकर्मीले अस्पतालमा बेड नपाउँदा कहाँ बसेर उपचार गर्ने’ उपाध्यक्ष विकले भन्नुभयो–‘महामारीको पूर्वतयार अनुसार महासंघले आफैले पहल गरेको हो ।’ आफ्नो स्वास्थ्यलाई प्राथमिकतामा राखेर सत्य तथ्य सूचना प्रवाह गर्न उहाँको आग्रह छ । महासंघले निषेधाज्ञाको समयमा आई पर्ने कुनै पनि प्रकारको समस्याको बारेमा पत्रकार सञ्चारकर्मीलाई आवश्यक समन्वय गर्न आग्रह गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here