धौलागिरी अस्पतालमा पिसिआर परिक्षण सुरुः २० जनालाई संक्रमण पुष्टि

बागलुङ, १७ बैशाख ।
बागलुङमा बिहिबार २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

धौलागिरी अस्पताल बागलुङमा गरिएको पिसिआर परिक्षणमा २० जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।

घिमिरेले बागलुङ नगरपालिका वडा नम्बर १ का ३५ बर्षिय एक जना पुरुष, वडा नम्बर २ का ४, ५० र ३१ बर्षिय तीन जना पुरुष र ३२ र ३२ बर्षिया दुई जना महिला, वडा नम्बर ४ का २६, ४१ र ७२ बर्षिय तीन जना पुरुष र १८ वर्षिय एक जना महिला, वडा नम्बर ५ की ३१ बर्षिय पुरुष वडा नम्बर ६ का ५९ र ४४ बर्षिय दुई जना पुरुष, वडा नम्बर ७ की १६ बर्षिय महिला, वडा नम्बर ९ का ६८ बर्षिय पुरुष, वडा नम्वर १३ का ६५ बर्षिय पुरुष र काठेखोला वडा नम्वर ४ का २६ बर्षिय पुरुष त्यस्तै कुस्मा नगरपालिका वडा नम्वर १ का ३१ बर्षिय पुरुष गरी २० जनालार्य कोरोना पिसिआर परीक्षण मार्फत कोरोना संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

धौलागिरी अस्पतालमा आज देखी सुरु गरिएको पिसिआर परिक्षणमा ३१ जनाको परिक्षण गरी सुरु गरिएको थियो । जसमध्य २० जनाको पिसिआर रिपोर्ट पोजेटिभ र ११ जनाको नेगेटिभ आएको फोकलपर्सन घिमिरेले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here