
बागलुङ, १६ बैशाख । बागलुङमा बिहिबार हिरासतका कैदीबन्दी, चिकित्सक र जनप्रतिनिधि सहित २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परिक्षणमा २३ जना र एन्टिजेन परिक्षणमा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो ।
घिमिरेले २५, ४६, २४, २१ र २५ बर्षिय ५ जना पुरुष र ३६ बर्षिय एक जना महिला हिरासतका बन्दी, बागलुङ नगरपालिका वडा नम्बर ४ का ३०, ४५ बर्षिय दुई जना पुरुष, वडा नम्बर १ का ६५ र १६ बर्षिय दुई जना पुरुष र ६३, ५९ र ३१ बर्षिया तीन जना महिला, वडा नम्बर ७ की २९ बर्षिया एक जना महिला, वडा नम्बर ९ का ३१ बर्षिय पुरुष र ४७ बर्षिय महिला, वडा नम्बर १२ की १८ बर्षिय महिला, वडा नम्बर ३ को ३१ बर्षिय पुरुष, वडा नम्बर २ का ५९ बर्षिय एक महिला र धौलागिरी अस्पतालमा कार्यरत ३५ बर्षिय चिकित्सक र गल्कोट नगरपालिकाका ६२ बर्षिय पुरुष र ३५ बर्षिय महिलालाई पिसिआर परीक्षण मार्फत कोरोना संक्रमण पुष्टि भएको बताउनुभयो । संक्रमितहरु मध्ये केहि विशिष्ट जनप्रतिनिधिहरु रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो ।
उहाँले एन्टिजेन परिक्षण मार्फत ताराखोला गाउँपालिकाका तीन जना कर्मचारी र बडिगाड गाउँपालिकाका एक स्थानियलाई संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले बताउनुभयो । उहाँले ताराखोला गाउँपालिकाका २९, ३१ र ३० बर्षिय तीन जना पुरुष र बडिगाड गाउँपालिकाका ४७ बर्षिय एक जना पुरुषलाई संक्रमण पुष्टि भएको बताउनुभयो । बडिगाडका संक्रमित पुरुष पोखरामा उपचार गरि फर्किएपछि कोभिडको लक्षण देखिएकोले एन्टिजेन परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताउनुभयो ।









