
पोखरा, १५ बैशाख । जनमोर्चाका सांसद खिमविक्रम शाही चरक मेमोरियल हस्पिटलको आइसियुमा भर्ना भएका छन् ।
उनका स्वकीय सचिव मिलन हमालका अनुसार दिउँसो १२ बजे अचानक बिरामी भएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको हो । तर, उनको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको समयमा शाही अस्पताल भर्ना भएपछि आजै मतदान भए प्रस्ताव फेल हुन सक्नेछ ।










