
बागलुङ, १५ बैशाख । बागलुङकी एक कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु भएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ११ की ६१ बर्षिया कोरोना संक्रमित महिलाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
उपचारको क्रममा सोमबार बेलुका १२ः१५ बजे मृत्यु भएको निर्देशक शर्माले बताउनुभयो । वहाँलाई बैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।









