बागलुङमा थप चार जनालाई कोरोना संक्रमण पुष्टि

बागलुङ, १४ बैशाख । बागलुङमा मंगलबार थप चार जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लाईफ केयर एण्ड डायनोस्टिक प्रा.लि.मा गरिएको पिसिआर परीक्षणमा बागलुङ नगरपालिकाका २ महिला र २ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले विज्ञप्ती प्रकाशित गरि जानकारी गराउनुभएको छ । विज्ञप्ती अनुसार बागलुङ नगरपालिका वडा नम्बर ७ का ४४ बर्षिय एक जना पुरुष, वडा नम्बर १० का ५५ बर्षिय एक जना पुरुष र २६ बर्षिया एक जना महिला र वडा नम्बर ११ की ८१ बर्षिया एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै आजै कास्कीमा ४९ जना, लमजुङमा १ जना, म्याग्दीमा १ जना, नवलपरासी पूर्वमा १ जना, पर्वतका २ जना, स्याङ्जामा २ जना र तनहुँमा ३ जनालाई संक्रमण पुष्टि भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here