बलेवामा बैशाख १७ गतेसम्म निषेधाज्ञा

बागलुङ, ७ बैशाख । जिल्ला कोभिड संकट व्यवस्थपन समितिले बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौर, १३ पैयुँपाटा र १४ नारायणस्थान (बलेवा क्षेत्र)मा बैशाख १७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

बलेवामा मंगलबार विद्यार्थी, शिक्षक र समुदायस्तरमा गरि ३९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि सुरक्षा निकाय सहित मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले बलेवा क्षेत्र भित्र संचालन हुने अत्यावश्यक सेवा (खाद्यान्न, तरकारी, दुध, औषधी, दाना ढुवानी तथा एम्बलेन्स सेवा, कृषि तथा पशु उत्पादन, मल बीउ लगायत) स्वास्थ्य सेवा र विपद् व्यवस्थापन सेवा तथा अत्यावश्यक सरकारी सवारी साधन बाहेक अन्य नीति तथा सार्वजनिक यातायात र बजार क्षेत्र बैठकले बलेवा क्षेत्र भित्र रहेका संघसंस्था, बैंक तथा वित्तीय संस्था, सहकारी सेवा र वडा कार्याहरुको सेवा समते हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।

यस्तै बलेवा भित्रका क्याम्पस, विद्यालय, होस्टेल लगायत शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरु, पार्टी प्यालेस, खेलकुद स्थ, जिमखाना, फिटनेश सेन्टर, स्पा, ब्यूटी पार्लर, शैलुन, फुटपाथ, पसल, रदैलो गरी विक्री गर्ने व्यवसाय, कवाडी संकलन लगायतका सेवाहरु संचालन गर्न रोक लगाइएको छ । उक्त क्षेत्रमा पर्ने कालीगण्डकी करिडोरमा चल्ने यातायात सेवा उक्त वडाहरुमा चढ्न र झर्न नपाउने गरी संचालन गर्न पाउने छन् ।

यस्तै अनावश्यक काममा घर बाहिर हिडडुल नगर्ने, अत्यावश्यक कामका लागि घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, सावुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने र जनस्वास्थ्य सम्बन्धी मापदण्डहरुको पूर्ण पालना गर्न समितिले आग्रह गरेको छ । समितिले सम्पूर्ण निर्णहरुको अवज्ञा गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रमण रोग ऐन, २०२० अन्र्तगत सजाय हुने जनाएको छ ।

यस्तै समितिले बागलुङ जिल्ला स्थित मठ, मन्दिर, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरुमा नित्य पूजा, ध्यान र प्रार्थना बाहेक दर्शनका लागि धार्मिकस्थल परिसर क्षेत्रमा सर्वसाधारणका लागि बैशाख मसान्तसम्म प्रवेश गर्न रोक लगाउने र बागलुङ कालिका भगवती, पञ्चकोट, राममन्दिर लगायतमा दर्शनार्थीहरुलाई पनि बैशाख मसान्तसम्म प्रवेश निषेध गर्ने निर्णय गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here