बागलुङ, ५ बैशाख । जिल्ला खेलकूद विकास समिति बागलुङको अध्यक्षमा कुमार खड्का मनोनित हुनुभएको छ ।

गण्डकी प्रदेश सरकारले आईतबार गण्डकी प्रदेश खेलकुद विकास परिषदलाई पूर्णता दिँदै गण्डकी प्रदेश भित्रका ११ जिल्लाको समिति गठन गरेको हो । गण्डकी प्रदेश सरकारले जिल्ला खेलकुद विकास समिति बागलुङको अध्यक्षमा कुमार खड्का, उपाध्यक्षमा लोकेन्द्र केसी र सचिवमा तारा शर्मालाई मनोनित गरेको छ ।

गण्डकी प्रदेश सरकारले प्रदेश खेलकुद परिषद्को उपाध्यक्षमा नारायण पुनलाई मनोनित गरेको हो । प्रदेश सरकारले यसअघि प्रदेश खेलकुद परिषद्को सदस्य सचिवमा तेज गुरुङलाई नियुक्त गरेको थियो ।

प्रदेश सरकारले परिषद्को सदस्यहरुमा दिलबहादुर गुरुङ्ग, गिरमान गुरुङ, बासु बराल, ज्ञानबहादुर बोहरा, राम चन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापा मगर, शुभकन्या गुरुङ, चन्द्रा घले गुरुङ, निर्मला बराल, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, बसन्त दवाडी, ऋषी गौतम र केशव पाठकलाई मनोनित गरेको छ ।

प्रदेश सरकारले कास्की जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा तोरण बहादुर बानियाँ, उपाध्यक्षमा महेन्द्र गुरुङ र सचिवमा भिम पराजुलीलाई नियुक्त गरेको छ । पराजुली कास्की जिल्ला भलिबल संघका अध्यक्ष समेत हुन् ।

यस्तै, गोरखा जिल्लाको अध्यक्षमा शान्ता सिंह बस्नेत र सचिवमा हिरालाल श्रेष्ठ रहेका छन् । मुस्ताङको अध्यक्षमा मिन कुमार शेरचन र सचिवमा विनोद वि.सी, म्याग्दी जिल्लाको अध्यक्षमा दिनेश खत्री र सचिवमा तारामान रोक्का, पर्वत जिल्लाको अध्यक्षमा हर्कमान गुरुङ र सचिवमा अदित गुरुङ र तनहुँ जिल्लाको अध्यक्षमा अनिल पाण्डे र सचिवमा तुल्सीराम पाण्डे मनोनित भएका छन् ।

यस्तै, लमजुङको अध्यक्षमा योग बहादुर गुरुङ र सचिवमा रोजी गुरुङ, नवलपुर जिल्लाको अध्यक्षमा सेत बहादुर पुन र सचिवमा ध्रुव खनाल, मनाङ जिल्लाको अध्यक्षमा चिन बहादुर घले र सचिवमा नवराज गुरुङ र स्याङजा जिल्लाको अध्यक्षमा गिरी प्रसाद गुरुङ र सचिवमा शितल जङ्ग केसी मनोनित भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here