बागलुङ, ३० चैत । बागलुङ नगरपालिकाले जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ ।

आईतबार र सोमबार बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा भएको ९ औं जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा २४ स्वर्ण, १६ रजत र १४ काश्य पदक जित्दै बानपाले उपाधि जितेको हो ।

बागलुङ नगरपालिकाले एथ्लेटिक्समा छात्र तर्फ ९ स्वर्ण, २ रजत र ५ कास्य पदक जित्योभने छात्रा तर्फ ४ स्वर्ण, ६ रजत र ३ कास्य पदक जितेको छ । यस्तै छात्र कबड्डी जितेको बानपाले छात्रा तर्फ रजत पदकमा चित्त बुझायो ।

बानपाले उसु तर्फ ६ स्वर्ण प्राप्त गर्यो । बानपाले छात्र र छात्रा तर्फ ३–३ स्वर्ण प्राप्त गरेको हो । यस्तै उसु तर्फ नै ३ जना छात्रा र १ जना छात्रले रजत पदक प्राप्त गरे ।

यस्तै कराँते तर्फ बागलुङ नगरपालिकाले १ स्वर्ण, ३ रजत र ४ कास्य पदक प्राप्त गर्यो । बानपाले छात्र तर्फ १ रजत, २ कास्य पदक जित्योभने छात्रा तर्फ १ स्वर्ण, २ रजत र २ कास्य पदक जित्यो ।

यस्तै तेक्वान्दो तर्फ बागलुङ नगरपालिकाले ३ स्वर्ण, १ रजत र २ काश्य पदक प्राप्त गर्यो । बानपाले छात्रा तर्फ ३ स्वर्ण पदक प्राप्त गरेको थियोभने छात्र तर्फ १ रजत र २ काश्य पदकमा चित्त बुझायो ।

यस्तै द्धितिय भएको बडिगाड गाउँपालिकाले १२ स्वर्ण, ६ रजत र १६ काश्य पदक जितेको छ । बडिगाडले एथ्लेटिक्समा छात्र र छात्राले समान २–२ स्वर्ण, रजत २–२ र छात्र तर्फ १ काश्य र छात्रा तर्फ ३ काश्य पदक प्राप्त गर्यो । यस्तै कबड्डी तर्फ छात्रमा रजत पदक र छात्रामा स्वर्ण पदक प्राप्त गर्यो ।

बडिगाड गाउँपालिकाले कराँते तर्फ ७ स्वर्ण, १ रजत र २ काश्य पदक प्राप्त गर्यो । छात्र तर्फ ४ स्वर्ण, १ रजत र १ काश्य पदक जितेको बडिगाडले छात्रा तर्फ ३ स्वर्ण र २ काश्य पदक जित्यो । बडिगाडले तेक्वान्दो छात्र तर्फ ३ काश्य पदक जित्योभने छात्रा तर्फ १ स्वर्ण र २ काश्य पदक जित्यो ।

उसु तर्फ बडिगाड गाउँपालिकाले १ रजत र ३ काश्य पदक प्राप्त गरे । बडिगाडका १ जना छात्रले रजत पदक प्राप्त गरेभने २ जना छात्र र १ जना छात्राले काश्य पदक प्राप्त गरे ।

तृतीय भएको जैमिनी नगरपालिकाले ४ स्वर्ण, २ रजत र ९ काश्य पदक प्राप्त गर्यो ।

यस्तै छात्र भलिबल तर्फ काठेखोला गाउँपालिकाले स्वर्ण पदक प्राप्त गरेको छ । फाइनलमा तमानखोला गाउँपालिकालाई ३–२ को सेटमा पराजित गर्दै काठेखोलाले स्वर्ण पदक प्राप्त गरेको हो । तमानखोलाले रजत र बरेङ गाउँपालिकाले काश्य पदक प्रप्त गरे । यस्तै छात्रा भलिबलमा ढोरपाटन नगरपालिकाले स्वर्ण, गल्कोट नगरपालिकाले रजत र निसीखोला गाउँपालिकाले काश्य पदक प्राप्त गरे ।

प्रतियोगितामा बागलुङ जिल्लाका दशै पालिकाले सहभागिता जनाएका थिए । विभिन्न प्रतियोगितामा जिल्लाभरबाट ५ सय ५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा एक सय, आठ सय मिटर, १५ सय मिटरको छात्र/छात्रा दौड, लम्पजम्प, कपर्डी, सटफुट, छात्र÷छात्रा भलिबल, ४ सय मिटर छात्रम दौड, ३ हजार मिटरको डौद, हाइजम्प लगायतका खेल भएका थिए । प्रतियोगिताका विजेता खेलाडीहरुले प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक भिमसेन शाक्यले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here