बागलुङको सिर्जना फर्निचरमा भिषण आगलागी

बागलुङ, २९ चैत । बागलुङ जिल्लाको बागलुङ नगरपालिका–३ बुद्धचोकमा रहेको सिर्जना फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । फर्निचरमा राती २ बजेतिरबाट आगलागी भएको हो ।

आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । आगो नियन्त्रणको लागि बागलुङ नगरपालिकाको दमकलले सम्भव नभएपछि म्याग्दीको बेनी नगरपालिकाको र पर्वतको कुश्मा नगरपालिकाको दमकल समेत मगाएर नियन्त्रणको प्रयास गरिएको छ ।

फर्निचरबाट लागेको आगोले आडका दुई घरमा समेत क्षति पुगेको पत्रकार मञ्जुल शाक्यले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, दमकम र स्थानियहरुले आगो नियन्त्रणको लागि प्रयास गरिरहेका छन् ।

तस्विरः पत्रकार मञ्जुल शाक्यको फेसबुकबाट साभार ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here