
बागलुङ, २६ चैत । बागलुङमा बिहिबार ९ जना विद्यार्थी सहित १५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा ९ जना विद्यार्थी, एक जना शिक्षक सहित १५ जनालाई संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पिसिआर परीक्षणमा बागलुङ नगरपालिका–२ का २४, १७, १, १८, २६, १८, १७, १७ र १७ बर्षिया ९ जना महिला, ४३ बर्षिय एक जना पुरुष, वडा नम्बर ३ का ६२ बर्षिय एक जनाा पुरुष, वडा नम्बर ४ का १८ की १८ बर्षिया एक जना महिला, वडा नम्बर ७ की ३८ बर्षिया एक जना महिला, ताराखोला गाउँपालिका–२ का ५७ बर्षिय पुरुष र काठेखोला गाउँपालिका–३ की एक जना ४९ बर्षिया महिलालाई कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले विज्ञप्ती प्रकाशित गरि जनाएको छ ।
विद्यार्थी र धौलागिरी अस्पतालमा उपचारको लागि आएका संकास्पद विरामीहरुको पिसिआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
बागलुङ बजारमा रहेको एक विद्यालयमा यस अगाडी ८ जना विद्यार्थीहरुलाई संक्रमण पुष्टि भएको थियो । विद्यार्थीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि गरिएको पिसिआर परीक्षणमा थप १० जनालाई संक्रमण पुष्टि भएको हो । उक्त विद्यालय २४ गतेदेखि १० दिनको लागि बन्द गरिएको छ ।
यो सँगै बागलुङमा सक्रिय कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । हालसम्म १ हजार ३१ जनालाई कोरोना निको भइसकेको छ भने ८ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।









