बागलुङ, २६ चैत । बागलुङ जिल्लाको मालिकाको जैबिक र सुनखरि सामुदायिक बनको ९५ हेक्टर जमिनमा आगलागी भएको छ । २३ गतेदेखि मालिकाको जैविक र सुनखारि सामुदायिक वनमा लागेको आगो बुधबार तितौरे सामुदायिक वनको सिमानामा पुगेपछि स्थानियले नियन्त्रणमा लिएका थिए ।
तीन दिनसम्म बनमा आगलागी हुँदा ९५ हेक्टर जमिनको घाँसपात दाउरा काठपात जलेर नष्ट भएको छ । आगलागीको कारण बन्यजन्तुको बाँसस्थानलाई पनि प्रभावित पारेको छ । यस्तै विभिन्न जडिबडि पनि जलेर नष्ट भएका छन् ।
मालिकाको वनमा तीन दिनसम्म देखि लागेको आगो तितौरे सामुदायिक वनमा पनि प्रवेश गर्न लागेपछि तितौरे सामुदायिक वन उपभोक्ता समितिका सदस्यहरुले बुधबार राती २ बजे निभाएको स्थानिय सुर्य गौतमले जानकारी दिनुभयो ।










