
बागलुङ, २६ चैत । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको अध्यक्षमा सर्वसम्मत नरेश कंडेल चयन हुनुभएको छ ।
ल्लामा क्रियाशिल पाँच वटा पेशागत संगठनहरु बीच सहमति पश्चात आगामी कार्यकालका लागि कंडेलको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति चयन गरिएको हो । संघ, संगठनहरुको वार्ताले पूर्व सहमति अनुसार अध्यक्षमा प्रेस युनियनलाई दिने निर्णय गरेको थियो ।
यस्तै उपाध्यक्षमा नविन शिशिर विक, महिला उपाध्यक्षमा जीवनकला खत्री, सचिवमा विजय राना, सहसचिवमा तारानाथ आचार्य, समावेशी सहसचिवमा सिर्जना पन्त र कोषाध्यक्षमा खेमराज गौतम सुवास चयान भएका छन् । त्यस्तै सदस्यहरुमा नारायण रिजाल, प्रदिप पन्त, अर्जुन कार्की, बालकृष्ण सुवेदी, दिनेश शर्मा र अनिस खाती चयन हुनुभएको छ । यस्तै महिला सदस्यमा गुमा आचार्य, अल्पसंख्यक सदस्यमा देउमाया राना, जनजाती सदस्यमा प्रशान्त घर्ती र दलित सदस्यमा योगेन्द्र विश्वकर्मा चयन भएका छन् ।
यस्तै सहमति अनुसार नै प्रदेश परिषद सदस्यमा पिम्ला गौतम, कमल पौडेल, मनिषा शर्मा, छविलाल पाण्डे, कृष्ण आचार्य, मञ्जुल शाक्य, डम्बर बुढा, दिपक राजभण्डारी, प्रेम बहादुर केसी, थम्मन थापा र बेलु थापा चयन भएका छन् ।
त्यस्तै राष्ट्रिय परिषद सदस्यमा दिलिप पौडेल, चन्द्र गणेश शर्मा, कोपिला कँडेल र किरण आचार्य चयन भएका छन् । यसअघि पनि बागलुङमा सर्वसम्मत नेतृत्व चयन भएको थियो ।









